Breaking News :

जेम्स वल्र्ड फन पार्कमा दसैँ तिहारको अवसरमा विभिन्न खेल थपिने

भरतपुर महानगरपालिका–४ लंकूमा रहेको जेम्स वल्र्ड फन पार्कले दसैँ तिहारको अवसरमा विशेष कार्यक्रम र खेलहरू ल्याएको छ ।

दसैँ र तिहारको अवसरमा ल्याइएका विशेष खेलहरुमा अम्ब्रेला स्ट्रिट, १२ डीभीआर, हर्स राइडिङ(घोडचढी) र सेल्फी प्वाइन्टलगायत रहेका छन् । फनपार्कका प्रवन्ध निर्देशक ईश्वरविकल सापकोटाका अनुसार हरेक खेल आफैँमा नयाँ र दर्शकलाई बेग्लै आनन्द दिने रहेका छन् । अम्ब्रेला स्ट्रिटमा दर्शकहरुले छाता राखिएको आकर्षक फुटपाथमा हिड्ने अवसर पाउँछन् भने १२ डी भीआरमा अत्याधुनिक प्रविधि प्रयोग गरेर दर्शकलाई भरपुर आनन्द र रोमाञ्चकता दिने प्रयास गरिएको छ । १६ जनाले एउटा हलमा बसेर हेर्ने यो कार्यक्रमबाट दृश्यमा देखिए अनुसारकै अनुभूति गर्ने अवसर पाउने निर्देशक सापकोटाले बताए । उनले पानी पर्दा पानी परेकै अनुभव हुने, पहाड उक्लिएको हेर्दा पहाड उक्लिएकै जस्तो अनुभव हुने जनाए । जुन हलमा चलचित्र हेर्दा भन्दा बेग्लै अनुभव हुने उनले बताए ।

त्यसैगरी फन पार्कभित्र नै घोडचढी खेलको व्यवस्था पनि गरिएको छ । जसमा बालबालिकाहरुले विशेष मनोरञ्जन लिन सक्छन् । फन पार्कमा राखिएको सेल्फी प्वाइन्टमा क्यामरा र व्यवसायिक फोटोग्राफरको व्यवस्था गरिएको छ जहाँबाट दर्शकहरुले १० मिनेटमा नै आकर्षक फोटो प्राप्त गर्न सक्नेछन् । पार्कमा सानादेखि ठूला गरी १०० भन्दा बढी खेल समावेश गरिएको छ।

यी सबै खेलहरु नेपालका कुनै पनि फन पार्कमा नभएको प्रवन्ध निर्देशक सापकोटाको भनाई छ। दसैँ तथा तिहारको अवसरमा टिकट लिँदा केही खेलहरुमा छुट दिने तयारी गरेको समेत उनले बताए ।

merokhabarsathi

Read Previous

विद्यार्थी आन्दोलनका नाममा गाली गलौज र धम्की दिने गरेको चितवन मेडिकल कलेज प्रशासनको आरोप (यस्तो छ विज्ञप्ति)

Read Next

सामुदायिक क्याम्पस सवलीकरणका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने:- मुख्यमन्त्री पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram