Breaking News :

नारायणी नदी किनारमा फोहर फाल्न रोक, मेयर दाहालले वेवास्ता र अपमान गरेको आरोप

भरतपुर महानगरपालिकाले जनताको माग सम्बोधन नगरेको भन्दै वडा नः ३ का स्थानीयले नगरवन क्षेत्रबाट नारायणी नदी किनारमा फोहर फाल्न रोक लगाएका छन् । आज विहान ५ बजेबाट नै जम्मा भएर फोहर फाल्न रोक लगाइएको ल्याण्डफिल्ड साइट पीडित संघर्ष समितिका संयोजक उत्तम श्रेष्ठले जानकारी दिए ।

महानगरपालिकाकी प्रमुख रेनु दाहालले स्थानीय जनतालाई हेपेर व्यवहार गरेकोले नदी किनारमा फोहर फाल्न नदिइएको संयोजक श्रेष्ठले बताए । स्थानीय सडक, ढल निर्माण, खानेपानीको उचित व्यवस्था, सुरक्षा लगायतका माग लिएर प्रमुख दाहालको कार्यकक्षमा पुग्दा वेवास्ता गर्दै आफुहरुको अपमान गरेको उनिहरुको आरोप रहेको छ ।

माग सम्बोधन नभए फोहर फाल्न नदिने चेतावनी दिदा दाहालले उल्टै रोकेर देखाउन चुनौती दिएकाले बाध्य भएर संघर्ष गर्नु परेको श्रेष्ठको भनाई छ । माग सम्बोधन नभएसम्म कुनै पनि हालतमा फोहर फाल्न नदिने स्थानियको अडान छ ।‘यो महानगरपालिका भरीको फोहर ल्याएर फाल्ने ठाँउ हैन, ‘जनताको माग लिएर जाँदा मेयर दाहालले हेप्नु भयो ,’ स्थानीय कुन्दन पाख्रिनले भने, त्यसैले हामी फोहर फाल्न दिदैनौं ।’

उनले फोहर लिएर आउने ट्याक्टर चालकबाट यहाँका महिला दिदी बहिनीहरु पीडित भएको समेत सुनाए । ‘एक जना ट्याक्टर चालकले १२ बर्षीया बालिकालाई नगरवनमा बलात्कार गरे, ती बालिकाको भविष्य के हुन्छ ?’ पाख्रिनले प्रश्न गर्दै भने, ‘हाम्रा चासोलाई महानगरपालिकाले गम्भीरता पूर्वक लिएन ।’संर्घष समितिका सल्लाहकार सूर्य बरालले जनताका माग सम्वोधन भए केही वर्षसम्म फोहर फाल्न दिने सोचमा रहेका स्थानीयलाई मेयरको व्यवहारले भड्काएको बताए । ‘व्यवस्थित ल्याण्डफिल्ड साइट नभएसम्म स्थानीय पूर्वाधार निर्माण गरिदिए केही वर्ष फोहर फाल्न दिने सोच थियो, तर महानगर प्रमुखको व्यवहारले गर्दा अब फोहोर फाल्न नदिने निर्णय भएको छ ’ उनले भने अब कुनै पनि हालतमा फोहोर फाल्न दिदैनौ ।’

करीव १५० घर धुरी भएको यो क्षेत्रमा महानगरले विगत १० बर्षदेखि फोहर फाल्दै आएको छ । यहाँ पुग्ने सडक पनि गतिलो छैन ।यहाँ हिउँदमा फालिएको फोहर बर्षामा बढेर आउने नारायणी नदीले बगाउँछ । यो क्रम निरन्तर चल्दै आएको छ । महानगरपालिकाको फोहरसँगै अस्पतालजन्य फोहर पनि नदी किनारामा फाल्ने गरिएको छ । फोहरबाट निस्किएको रस ढल बनेर नदीमा गएको स्पष्ट देख्न सकिन्छ ।

फोहर र दुषित ढल मिसिदा नारायणी नदीमा प्रदुषित बन्दै गएको छ । जलचरहरु विनास हुँदै गएका छन् । गैंडा समेत आएर खेल्ने यो ठाउँमा महानगरले फोहर फाल्दा कुनै पनि घटना हुनसक्ने स्थानीयले गुनासो गरे । उनीहरुका अनुसार यहाँ अस्पतालजन्य फोहरका रुपमा क्युरेट गरिएका तथा अन्य कारणले मरेका बच्चादेखि सालनाल काटिएका मानव अङ्ग, धारिला ब्लेड, प्याड लगायतका सामाग्रीहरू समेत नदी किनारमा फाल्ने गरिएको छ ।

merokhabarsathi

Read Previous

नेपाललाई अपराधको केन्द्र बन्न दिँदैनौँ:-महानिरीक्षक खनाल

Read Next

कांग्रेसको देशव्यापी दोश्रो चरणको जागरण अभियान सुरु, सरकार भष्ट्राचारमा लिप्त ः नेतृ श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram