चितवन मेडिकल कलेजले तोकिएको भन्दा चर्को शुल्क असुलेको भन्दै विद्यार्थीहरु आन्दोलनमा

भरतपुरको चितवन मेडिकल कलेजले मेडिकल शिक्षामा तोकिएको भन्दा चर्को शुल्क असुलेको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन्। सरकारले तोकेको भन्दा बढी शुल्क अवैध रुपमा उठाएर लुट मच्चाएको भन्दै विद्यार्थी आन्दोलित भएका हुन् । आन्दोलित विद्यार्थीहरुले चितवन मेडिकल कलेज परिसरमा नै नाराबाजी गरेका हुन्।

अतिरिक्त शुल्क असुलेको विरोधमा आन्दोलित बनेको चिकित्सा शिक्षा संघर्ष समितिले सीएमसीको कैलाशनगर र अस्पतालको क्लिनिक ब्लकमा बुधबार तालाबन्दी समेत गरेका थिए। तर उक्त ताला बुधबार रातिनै प्रहरी लगाएर कलेज प्रशासनले तोडेको संघर्ष समितिका संयोजक प्रकाश चन्दले बताए । संघर्ष समितिले लामो समयदेखि चर्को शुल्क असुलेको भन्दै पटकपटक आन्दोलन गरे पनि यस पटकको आन्दोलन निष्कर्षमा पुग्ने गरी जारी राखिएको चन्दले बताए।

प्रकाश नेत्र विक्रम चन्द विप्लवका छोरा हुन् । उनले सीएमसी मै एमबीबीएस अध्ययन गरेर इन्टर्नसिप गरिरहेका छन् ।

merokhabarsathi

Read Previous

दिपक बोहोराले किशोर श्रेष्ठलाई भने लुकेर होइन खुलेर आमने सामने गरौं

Read Next

प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram