Breaking News :

पर्यटन मन्त्री योगेश भट्टराईले गरे देवघाटधामको अवलोकन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज देवघाटधामको स्थलगत अवलोकन गर्नुभएको छ । उहाँले देवघाटधामको अवलोकनसँगै निर्देशनसमेत दिनुभएको हो । मन्त्री भट्टराईले देवघाटको विकासमा मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तह, प्रदेश सरकार र मन्त्रालयको समन्वयमा देवघाटको विकास गर्नुपर्छ, मन्त्रालयका तर्फबाट सक्दो सहयोग हुन्छ ।” उहाँले छिट्टै स्थानीय तह, प्रदेश सरकार र मन्त्रालयबीच देवघाटको विकासका लागि छलफल आयोजना गरिने बताउनुभयो ।

सो अवसरमा देवघाटको अवस्था र समस्याका बारेमा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले मन्त्री भट्टराईलाई जानकारी गराउनुभएको थियो । उहाँले बजेट अभावमा गुरुयोजनाअनुसार काम गर्न समस्या भएको बताउनुभयो । देवघाटको विकास गठन आदेशबाट मात्र सम्भव नहुने भन्दै छुट्टै ऐनको व्यवस्था गर्न उहाँले माग गर्नुभयो ।

मन्त्री भट्टराईले देवघाटमा निर्माणाधीन रहेको शवदाह गृहको समेत निरीक्षण गर्नुभएको देवघाट क्षेत्र विकास समितिका सदस्य नवराज ढकालले जानकारी दिनुभयो । उहाँले गलेश्वर आश्रममा सामूहिक भोजन ग्रहण गर्नुभएको ढकालले बताउनुभयो । रासस

merokhabarsathi

Read Previous

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण कार्यालय चितवनको उद्घाटन

Read Next

भदौ २२ देखि ५ दिनका लागि मनकामना केवलकार बन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram