
पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा मुछिएका ‘सिधा कुरा जनतासँग’ कार्यक्रम प्रस्तोता रवि लामिछाने जिल्ला अदालत चितवनको आदेशविरूद्ध उच्च अदालत गएका छन्। लामिछानेले मंगलबार पाटन उच्च अदालतको हेटौंडा इजलासमा निवेदन दिएका हुन्।
उनको निवेदनमा आफूलाई पाँच लाख धरौटी तिराउने जिल्ला अदालतको आदेश बेरितपूर्ण भएको भन्दै बदर गर्न माग गरेका छन्। लामिछानेको निवेदनमा आफूले आत्महत्या दुरुत्साहन नगरेकाले साधारण तारिखमा रिहा हुनु पर्ने र विदेश जान प्रतिबन्ध लगाउन नहुने जिकिर गरिएको छ।
पुडासैनीलाई आत्महत्या गर्न ‘दुरुत्साहन’ गरेको अभियोग लागेका लामिछाने र युवराज कँडेल जिल्ला अदालत चितवनले भदौ ९ गते क्रमश: पाँच र तीन लाख रुपैयाँ धरौटी मागेको थियो।चितवन अदालतको आदेशविरूद्ध उच्च अदालत पुगे रवि लामिछाने