Breaking News :

सरकारी कर्मचारी घुस रकमसहित पक्राउ

बारामा एक जना सरकारी कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् ।

आन्तरिक राजश्व कार्यालय सिमराका कम्प्युटर अपरेटर सुदिप लामालाई सोमबार साँझ जितपुर सिमरा उपमहानगरपालिका वडा न.-१, को एक किराना पसलको अगाडिबाट घुस लिएको ४० हजार रुपैयाँसहित रंगेहात  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका लामाले लामो समयदेखि कारोबार नभएको पान नम्बर बन्द गर्न सहजीकरण गरिदिने र राजश्व रकम छुट गरीदिने भन्दै विभिन्न बहाना गरी सेवाग्राहीसँग घुस माग गर्दै आएका थिए ।

घुस माग गरेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाबाट खटिएको टोलीले उनलाई घुसबापतको रकम लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको हो ।

merokhabarsathi

Read Previous

आज ऋषिपञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाउँदै

Read Next

प्रथम ज्योतिनगर महोत्सव हुदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram