
भरतपुरको केन्द्रीय बस टर्मिनल चोकमा रहेको बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता एनके मोटर्सले आजबाट पाँच दिनसम्म एक्सचेन्ज महामेला गर्ने भएको छ ।
महामेला एक्सचेन्जसँगै विभिन्न सांगितीक कार्यक्रम पनि रहने एनके मोटर्सका प्रोपाइटर निर्मल कँडेलले जानकारी दिए । यस मेलाबाट जुनसुकै कन्डिसनको मोटरसाइकलमा पनि न्यूनतम् ३० हजार रुपैयाँको मूल्यांकन हुनेछ । जुनसुकै ब्राण्डको मोटरसाइकल तथा स्कुटरलाई एक्सचेन्ज गर्न सकिने यस मेलामा बजार मूल्यांकनभन्दा अझ थप १५ हजार रुपैयाँ बढी थप गरी मूल्यांकन गरिने प्रोपाइटर कँडेलले जानकारी दिए ।
भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै मेला आज उद्घाटनको दिन भरतपुरबाट बन्दीपुरसम्म बजाज र्याली आयोजना गरिने मेलाका संयोजक अनिल घिमिरेले बताए।