
चितवनमा आज सोमबार बिहान बसले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ।
ना६ख ७६८७ नंको बसले आज बिहान २ः४० बजे भरतपुर महानगरपालिका-१ आँपटारीमा गोरखाका रोशन अधिकारीलाई ठक्कर दिएको हो।
गोरखाको पालुङटार नगरपालिका-१३ का बासिन्दा २७ वर्षीय अधिकारीलाई सडकमा हिँडिरहेका बेला बसले ठक्कर दिएको र घटनास्थलमै उनको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अधिकारीलाई ठक्कर दिई भागेको बसलाई प्रहरीले मकवानपुरमा नियन्त्रणमा लिएको छ।
अधिकारीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको चितवन जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।