१० वर्षपछि पशुपतिनाथ मन्दिरको पूर्वी ढोका सर्वसाधारणका लागि खुल्ला

पशुपतिनाथ क्षेत्र विकास कोषले १० वर्षपछि पशुपतिनाथ मन्दिरको पूर्वी ढोका सर्वसाधारणका लागि खुल्ला गरेको छ । तीजमा छिटो र सहजरुपमा पशुपतिनाथ मन्दिरको दर्शन गराउनका लागि आजबाट पूर्वी ढोका खोलिएको हो ।

अब सधैंभरी सर्वसाधारणका लागि यो ढोका खुल्ला हुन्छ ।’ २०६५ सालदेखि सर्वसाधारणका लागि बन्द गरिएको पूर्वी ढोका लामो समयदेखि पशुपतिनाथ मन्दिरमा जल ल्याउनका लागि मात्र प्रयोग गर्दै आएको थियो ।

तीज, बालाचतुर्दशी, महाशिवरात्रि, साउने सोमबार जस्ता बढी भीड हुने पर्वमा धेरै समयसम्म लाइनमा बस्नु परेको गुनासो भक्तजनबाट आउन थालेपछि कोषले पूर्वी ढोका पनि खुल्ला गरेको हो ।

merokhabarsathi

Read Previous

आज हरितालिका तीज, देशभरका शिवालयमा महिलाहरुको भीड

Read Next

चितवनमा बसले ठक्कर दिँदा एक युवकको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *