Breaking News :

आज हरितालिका तीज, देशभरका शिवालयमा महिलाहरुको भीड

आज हिन्दु नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज आज देश तथा विदेशमा रहेका नेपाली दिदीबहिनिहरुले धुमधामका साथ मनाउदैछन्। प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाका दिन तीजको व्रत बसी विभिन्न सांस्कृतिक कार्यक्रमसहित यो पर्व मनाउने गरिन्छ ।

भाद्रशुक्ल द्वितीयादेखि सुरु भएको तीज भाद्र शुक्ल पञ्चमीका दिन सप्त ऋषिको पूजा गरी सम्पन्न भएको मानिन्छ । तीजको अघिल्लो दिन अर्थात द्वितीया तिथिमा दरखाने र त्यसको भोलिपल्ट ब्रत बसी तीज मनाउने प्रचलन रही आएको छ ।भगवान शिवको आराधना गर्दै नाचगान मनोरञ्जन गरी दिदीबहिनी बोलाएर आफ्ना दुःख, सुख साट्ने महत्वपूर्ण चाड तीज नेपाली महिलाको आफ्नै मौलिक संस्कृति हो ।

तर, पछिल्ला समयमा भने यो संस्कृति तडकभडकको प्रभावका कारण यसको वास्तविक मौलिकता हराउँदै जाने हो की भन्ने चिन्तासमेत थपिएको छ ।तीज पर्व दिदीबहिनीबीच सुख, दुःख साट्ने र केही दिन भए पनि गीत गाउँदै र नाच्दै आफ्ना दुःख पीडा र व्यस्तता भुल्ने पर्व हो । प्रचलित जनविश्वासअनुसार हिमालयकी पुत्री पार्वतीले आफ्ना पति भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस् भनेर पहिलो ब्रत राखेकामा उक्त दिन यही हरितालिका तीजको दिन रहेको थियो ।

तीजको व्रत बसी महिलाहरूले पतिको निमित्त निराहार रहेर भगवान शिव तथा आद्य शक्ति पार्वतीसँग प्रार्थना गर्दछन् । यस महिला बिहान सबेरै उठी नुहाइधुवाइ गरेर दिनभर जल, अन्न ग्रहण नगरी ब्रत बस्ने र साँझ पूजाका सामान तथा मण्डप तयार गरी भगवान शिवको आराधना गर्ने प्रचलन रहेको छ । काठमाडौंको पशुपतिनाथमा बिहानैदेखि व्रतालु महिलाहरुको भीड लागेको छ । काठमाडौंको पशुपतिनाथको मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि व्रतालु तथा मेला भर्नेहरुको भीड लागेको छ ।

merokhabarsathi

Read Previous

घुस लिएको आरोपमा दुई प्रहरीविरुद्ध मुद्दा दायर

Read Next

१० वर्षपछि पशुपतिनाथ मन्दिरको पूर्वी ढोका सर्वसाधारणका लागि खुल्ला

Leave a Reply

Your email address will not be published. Required fields are marked *