Breaking News :

घुस लिएको आरोपमा दुई प्रहरीविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोक बनेपाका प्रहरी हवल्दार रामहरि मानन्धर र प्रहरी जवान हरिचन्द्र बाँनियाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

मेलम्चीदेखि काठमाडौँतर्फ बालुवा लिई आउने क्रममा राजमार्गमा पर्ने बनेपा ट्राफिक पोष्टसमेतका कर्मचारीले नदीजन्य पदार्थ ढुवानी गरेवापत सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा केही समय पहिले आयोगले नियन्त्रणमा लिएको थियो।

आयोगले उनीहरुबाट रु दुई हजार रकम र विभिन्न कम्पनीका रु दुई लाख ९०० बराबरका रिचार्ज कार्डसमेत बरामद गरेको थियो। रासस

merokhabarsathi

Read Previous

आजदेखि यती एअरलाइन्सको पोखरा–भरतपुर उडान सुरु

Read Next

आज हरितालिका तीज, देशभरका शिवालयमा महिलाहरुको भीड

Leave a Reply

Your email address will not be published. Required fields are marked *