Breaking News :

आजदेखि यती एअरलाइन्सको पोखरा–भरतपुर उडान सुरु

आजदेखि यती एअरलाइन्सले पोखरा–भरतपुर उडान सुरु गरेको छ । कम्पनीको सेवा विस्तार, भ्रमण वर्ष २०२० लक्षित गर्दै दुई पर्यटकीय स्थल जोड्न उडान सुरु गरिएको हो ।

आज बिहान १०ः५० बजे पोखराबाट भरतपुर उड्यो र ११ः३० बजे भरतपुरबाट पोखरा तर्फ उड्यन गरेको कम्पनीका भरतपुर शाखा प्रबन्धक अनुप ढकालले जानकारी दिनुभयो। ३० सिट क्षमताको उक्त जेटस्ट्रिम जहाज हालका लागि एक उडान मात्र भर्ने ढकालले जानकारी दिए । एक उडानका लागि प्रति यात्रु २ हजार ५०० भाडादर कायम राखिएको छ ।

यसअघि भरतपुर–पोखरा बुद्ध एयरको जहाजले एउटा उडान भर्दै आएको थियो ।

merokhabarsathi

Read Previous

तीजमा सुरक्षालाई ध्यान दिँदै पशुपतिमा चार हजार सुरक्षाकर्मी परिचालन

Read Next

घुस लिएको आरोपमा दुई प्रहरीविरुद्ध मुद्दा दायर

Leave a Reply

Your email address will not be published. Required fields are marked *