Breaking News :

आज तीजको दर खाने दिन

नेपाली महिलाहरुको महानपर्व तीज अन्तरर्गत आज दरखाने दिन दर खाने दिनमा विभिन्न मिष्ठान्न परिकारसँगै दर खाने चलन छ । आज छोरी चेली बोलाएर दर खुवाउने गरिन्छ।

माइतीघर वा आफन्तकहाँ तथा आफ्नै घरमा खिर, हलुवा, चाम्रे लट्टे, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका मिठा परिकारलाई दरको रुपमा खाने प्रचलन छ । पहिले हरितालिका तीजको अघिल्लो दिन एक दिनमात्र दरखाने परम्परा रहेको थियो भने आजभोली एक महिना अघिदेखि नै दर खाने प्रचलन सुरु भएको छ। आजको दिनमा दर खानुको साथै महिला दिदीबहिनीहरु सुखदुःखको कुरा गर्ने र नाचगान गरि रमाउने गर्दछन्।

दर खाएको भोलीपल्ट निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिकतत्व भएको खानेकुरा खाने चलन रहेको छ।

merokhabarsathi

Read Previous

नक्कली एटीएम कार्डद्वारा पैसा निकाल्ने पाँच चिनियाँ पक्राउ

Read Next

तीजमा सुरक्षालाई ध्यान दिँदै पशुपतिमा चार हजार सुरक्षाकर्मी परिचालन

Leave a Reply

Your email address will not be published. Required fields are marked *