Breaking News :

नक्कली एटीएम कार्डद्वारा पैसा निकाल्ने पाँच चिनियाँ पक्राउ

काठमाडौंमा नक्कली एटीएम कार्ड प्रयोग गरी नबिल बैंकबाट पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीको नेतृत्वमा खटिएको टाेलीले उनीहरूका साथबाट १ करोड २६ लाख नेपाली रुपैयाँ र १० हजार युएस डलरसमेत बरामद गरेको छ।

सुरुमा नक्कली कार्डमार्फत नबिल बैंकको एटीएमबाट पैसा निकाल्दै गर्दा एक चिनियाँ नागरिक पक्राउ परेपछि अनुसन्धान गर्दै जाँदा बाँकी ४ जना पनि पक्राउ परेका हुन्।

उनीहरूलाई दरबारमार्गस्थित माया मनोहर होटलबाट पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ। उनीहरु यही भदौ १३ गते साँझ नेपाल आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ।

merokhabarsathi

Read Previous

चितवनमा कपडा बैंक संचालन

Read Next

आज तीजको दर खाने दिन

Leave a Reply

Your email address will not be published. Required fields are marked *