Breaking News :

तीजमा पार्टी प्यालेस सुनसान

सांकेतिक तस्बिर गुगल बाट

तीजमा हुने भड्किला कार्यक्रम रोक्न भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गरे पछि चितवनका पार्टी प्यालेसहरु सुनसान  भएका छन् ।

तीज भरतपुरमा  सञ्चालन भइरहेका पार्टी प्यालेसका लागि पैसा कमाउने सिजन हो। तर, यसपालिको तीजमा भने उनीहरुको व्यवसायमा मन्दी आएको छ । अघिल्ला वर्षहरुमा तीज आउनुभन्दा महिना दिन अगाडिबाटै विभिन्न संघ–संस्थाका नाममा दर खान पार्टी प्यालेस र क्याटरिङहरु बुक हुन थाल्थे तर यसपालि भने धेरै पार्टी प्यालेसहरु लगभग सुनसान नै छन् ।

तीजमा हुने भड्किला कार्यक्रम रोक्न भन्दै चितवन जिल्ला प्रशासन कार्यालयले साउन पहिलो सातादेखि नै जारी गरिएका सूचनामा तीजका कार्यक्रम आयोजना गर्ने संस्था र कार्यक्रम हुने पार्टी प्यालेस तथा क्याटरिङ र रेन्टल तथा मिष्ठान्न एवं होटलहरुलाई कारवाही गर्ने चेतावनी दिइएको थियो । यही चेतावनीको प्रभाव पर्दा पार्टी प्यालेसको व्यवसायलाई धक्का लागेको व्यवसायीहरुको गुनासो छ ।

 

 

merokhabarsathi

Read Previous

कुशे औँशी पर्व अर्थात बुवाको मुख हेर्ने दिन मनाईँदै

Read Next

भाइरलका कारण बिरामी हुँदा विद्यालय नै बन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *