कुशे औँशी पर्व अर्थात बुवाको मुख हेर्ने दिन मनाईँदै

भाद्र कृष्ण औंसीका दिन मनाइने कुशे औंशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्रौनुको साथै बाबुको मुख हेरेर मनाउँदै छ।

ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कशु त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता छ । सनातन धर्मावलम्वीले कुश, तुलसी, पिपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् ।

यस पर्वमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् । कुशे औंशीलाई गोकर्णे औँशीका नामले पनि चिनिन्छ ।

merokhabarsathi

Read Previous

लियो क्लवको विध्यार्थीहरुलाई साईबर सेक्युरिटि अवार्नेश कार्यक्रम

Read Next

तीजमा पार्टी प्यालेस सुनसान

Leave a Reply

Your email address will not be published. Required fields are marked *