Breaking News :

भरतपुर विमानस्थललाई वैकल्पिक आन्तरिक विमानस्थलको रुपमा विकास गरिने : पर्यटनमन्त्री भट्टराई

फाइल फोटो

सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भरतपुर विमानस्थललाई काठमाडौँ बाहिरको वैकल्पिक आन्तरिक विमानस्थलका रुपमा विकास गरिने बताएका छन् ।

पर्यटनमन्त्री बनेपछी पहिलोपटक भरतपुर आएका उनले भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै भरतपुर विमानस्थललाई रात्रिकालीन बनाउने, धावनमार्ग थप गर्ने, ट्रमिनल भवन आधुनिक र व्यावसायिक बनाउने जानकारी दिए ।

नेपालभरका विमानस्थलको स्तर वृद्धि गर्ने तयारी भएको भन्दै उनले काठमाडौँ उपत्यका नजिकै रहेको यो विमानस्थलको विस्तार छिटो गर्ने गरी काम अगाडि बढ्ने बताएका छन्।

भ्रमण वर्ष सन् २०२० मा २० लाख पर्यटन भित्र्याउने लक्ष्य पूरा हुने बताउँदै उनले विमानस्थलको स्तरोन्नति गरिने बताए । भ्रमण वर्ष सफल पार्न गर्नुपर्ने पूर्वाधार निर्माण, विदेशमा प्रचारप्रसार जस्ता काम भइरहेको उनले जानकारी दिए । अर्को प्रसङ्गमा मन्त्री भट्टराईले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई भाडादरमा ५० प्रतिशत छुट दिने विषयमा निजी विमान कम्पनीले आनाकानी गर्न नहुने बताए ।

उनले ज्येष्ठ नागरिकलाई सम्मान गर्नु राज्य र निजी क्षेत्र सबैको दायित्व रहेको बताए ।

merokhabarsathi

Read Previous

सर्वोच्च अदालतको आदेश चित्त नबुझेपछि गोर्खा ब्रुअरी प्रशासकीय पुनरवलोकनमा जाने

Read Next

लियो क्लवको विध्यार्थीहरुलाई साईबर सेक्युरिटि अवार्नेश कार्यक्रम

Leave a Reply

Your email address will not be published. Required fields are marked *