
चितवनमा डेंगो संगै र स्क्रपटाइफसका विरामी दैनिक भेटिन थालेका छन् । चालु आर्थिक बर्ष चितवनमा डेंगो र स्क्रपटाईफसका कारण तीन जनाको मृत्यु भएको छ ।
स्क्रपटाईफस र डेंगोबाट एक एक र डंगो र स्क्रपटाईसफल दुवै रोग लागेर एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।स्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक राम केसीका अनुसार साउन महिना शुरु भएपछि १३५६ जनाको नमूना परीक्षण गरिएकोमा ४०१ जनामा सङ्क्रमण भेटिएका हुन् । जिल्लाका नौ वटा अस्पतालमा डेङ्गुको परीक्षण हुँदै आएको छ । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज, नारायणी सामुदायिक अस्पताल, मनकामना अस्पताल, चितवन अस्पताल, नेशनल सिटी अस्पताल, पुष्पाञ्जलि अस्पताल र रत्ननगरको वकुलहर अस्पतालमा डेङ्गुको परीक्षण हुँदै आएको छ । स्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक राम केसीका अनुसार संक्रमित मध्ये चितवनका दुई सय ७५, नवलपरासीका ४३, मकवानपुरका ९ र अन्य जिल्लाबाट आएर उपचार गराएका ७४ जनामा डें्रगो देखिएको उहाँले बताउनुभयो । त्यसमध्ये सवैभन्दा धेरै नारायणी सामुदायीक अस्पतालमा डेंगोका विरामी भेटिएका छन् । चितननको हकमा हेर्दा भरतपुर महानगरपालिकाभित्र २ सय ५३ जनालाई डेंगो रोग लागेको छ । जिल्लामा हरेक तीन/तीन वर्षमा डेङ्गुको महामारी हुँदै आएको कार्यालयको तथ्याङ्कले देखाएको छ।पत्रकार सम्मेलनमान जिल्लामा डेंगुको संक्रमणको प्रकोप देखिएको जानकारी दिईएको थियो।चितवनको पनि भरतपुर महानगरपालिका वडा नम्वर १,२,३,४, १०,११ र १२ वढि संक्रमित देखिएको जानकारी दिईयो ।
यसलाई नियन्त्रर्ण गर्नका लागि स्थानीय तह मार्फत टोलविकास समितिहरु लाई परिचालन गर्ने तयारीमा रहेको कार्यक्रममा वताईएको थियो । यसका लागि स्वास्थ्य महाशाखा भरतपुर संग समन्वय गरि महानगर भित्र रहेका सवै वडाका टोल विकास स.स्थाहरु प्रिचालन गर्न लागिएको स्वास्थ्य कार्यालय प्रमुख दिपक प्रसाद तिवारीले जानकारी दिए।जिल्ला पछिल्लो समयमा सरुवा रोगको राजधानी वन्दै गएको छ । व्यक्ति आँफैले फालेको फोहोरका कारण सरुवा रोगको संक्रमण वढ्दै गएको हो । अहिले लामखुट्टे कम भए पनि डेंगुको संक्रमण गराउने लामखुट्टेको संख्या वढि रहेको सो अवसरमा जानकारी गराए।