Breaking News :

धरौटीमा छुट्नुको अर्थ के हो?

संचारकर्मी रवि लामिछानेलाई जिल्ला अदालत चितवनले धरौटीमा रिहा गरिसके पनि उनीबारे बहस सकिएको छैन ।

अदालतले धरौटीमा छोडेको विषयलाई सामाजिक संजालमा एक थरीले आरोप प्रमाणित हुने सम्भावना देखेकाले साधारण तारेखमा नछोडी धरौटी मागिएको अर्थ लगाएका छन् । भने अर्का थरीले अभियोग प्रमाणित हुने आधार नभएकाले अदालतले थुनामा राख्न नसकेको तर्क गर्छन् ।

तर अवस्था कस्तो छ भने हालसम्म आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोग लगाउँदै दायर मुद्दामा अभियोग स्वीकार गरेको अवस्थामा बाहेक अभियुक्तलाई अदालतले धरौटी वा साधारण तारेखमा रिहा गरेको छ । धरौटी वा तारेखमा राख्नुको अर्थ अभियुक्तले ‘क्लिन चिट’ पाएको रूपमा बुझ्न नहुने अधिवक्ताहरु बताउँछन् ।

९ भदौमा जिल्ला अदालत चितवनले थुनछेक बहसपछि अस्मिता कार्कीलाई आरोपी भन्न मिल्ने पर्याप्त आधार नदेखिएको भन्दै साधारण तारेखमा रिहा गर्दा रवि लामिछानेसँग ५ लाख र युवराज कँडेलसँग ३ लाख धरौटी माग गरेको थियो ।

कुनै पनि अभियोगमा मुद्दा दर्ता भई थुनक्षेक बहसपछि अदालतसँग आरोपीलाई थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छोड्ने तीन विकल्प हुने गर्छन् ।

नियम अनुसार ६८ नम्बरमा अभियुक्तसँग धरौट वा जमानत वा बैंक जमानत लिने: १ दफा ६७ को अवस्थामा हुनेमा बाहेक कुनै अभियुक्त्त उपरको अभियोग प्रमाणित हुने मनासिब आधार भएमा अदालतले निजसँग धरौट, जमानत वा बैंक जमानत माग्न सक्नेछ। तर बैंक जमानत बिना सर्तको र अदालतले तोके बमोजिमको अवधिक हुन सक्ने हुनु पर्नेछ।

२ उपदफा १ बमोजिम धरौट जमानत वा बैंक जमानत नदिने अभियुक्तलाई अदालतले थुनामा राख्दछ।

तारिखमा राख्नु पर्ने: दफा ६७ र ६८ को अवस्थामा बाहेक अन्य अवस्थमा अभियुक्त अदालतमा हाजिर भएपछी निजलाई तारिखमा राखी मुद्दाको पुर्पक्ष गर्नु पर्दछ।

कैयौँ मुद्दामा अनुसन्धान हुँदै गर्दा थुनामा रहेका व्यक्ति निर्दाेष र धरौटी वा साधारण तारेखमा छोडिएको व्यक्ति पनि दोषी ठहर भएकाले अदालतले तारेखमा राख्नुलाई निर्दाेष वा थुनामा राख्नुलाई दोषीको रूपमा हेर्न नुहुने वरिष्ठ अधिवक्ता खनालको भनाइ छ ।

merokhabarsathi

Read Previous

रवि लामिछानेकी पूर्व पत्नी इशाले यस्तो लेखिन फेसबुकमा

Read Next

लैंगिक समानता र हाम्रो कानून

Leave a Reply

Your email address will not be published. Required fields are marked *