Breaking News :

रवि लामिछानेकी पूर्व पत्नी इशा लामिछाने नेपाल आउने

हाल अमेरिकामा रहेकी रवि लामिछानेकी पूर्व पत्नी इशा लामिछाने नेपाल आउने भएकी छिन्।

शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका रवि सोमबार ५ लाख धरौटीमा रिहा भए लगत्तै इशा नेपाल आउने बताइएको हो।

उनी नेपाल किन आउँदैछिन् भन्नेबारे भने खुलाइएको छैन्। नेपाल आउनुको कारणबारे सोध्दा उनले अहिलेलाई यति बुझ्नुहोस् कि म नेपाल आउने पक्का छ भन्ने जवाफ दिएको बताइएको छ। यद्यपी उनी नेपाल आउने मिति भने तय भएको छैन्।

२५ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गर्दै रवि लामिछाने र इशाले गत वर्ष सम्बन्ध विच्छेद गरेका थिए। सम्बन्ध विच्छेदपछि रविले गत वर्ष चलचित्र विकास बोर्डकी तत्कालिन अध्यक्ष निकिता पौडेलसँग विवाह गरेका थिए।

रवि र इशाका दुई छोरी पनि छन्। छोरीहरुसहित इशा अमेरिकामा बस्दै आएकी छिन्।

merokhabarsathi

Read Previous

आत्महत्यापुर्व शालिकरामले को-को संग फोनमा कुरा गरे ?

Read Next

रवि माथि थप संकट फेरी अर्काे उजुरी दर्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *