Breaking News :

रवि लामिछानेले आज चितवनमा धन्यबाद सभा गर्ने

रवि लामिछानेले आज  मंगलबार चितवनको नारायणगढमा धन्यबाद सभा गर्ने भएका छन् ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानको क्रममा प्रहरीले उनलाई पक्राउ गरेपछी उनको रिहाईको माग गर्दै उनका समर्थकहरुले प्रदर्शन गरेका थिएँ। सोहीको सम्मान स्वरूप  उनले फेसबुकमार्फत भनेका छन्, ‘चितवनसहित देशका सबै जिल्ला तथा देश–विदेशबाट मेरो पक्षमा उभिनु हुने सबैलाई धन्यबाद दिनका लागि धन्यबाद सभा आयोजना गरेको छु ।’

१२ दिनसम्म प्रहरी हिरासतमा रहेका उनी सोमबार बेलुक धरौटीमा रिहा भएका थिए । उनीसहित तीनजनामाथि आत्महत्या दुरुत्साहन मुद्दा लागेको छ । रिहा भएका रवि लामिछानेले मंगलबार दिउँसो २ बजे नारायणी नदी किनारको प्रदर्शनी मैदानमा धन्यबाद सभा गर्ने जानकारी दिएका छन् ।

 

merokhabarsathi

Read Previous

भोकमा अश्रुग्याँस र लाठी खाएका आफ्ना समर्थकको गुन रविले कसरी तिर्लान् ?

Read Next

इमलालको जन्मदिनको अवसरमा “लोकमाया स्मृति अक्षय कोष”को स्थापना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram