भोकमा अश्रुग्याँस र लाठी खाएका आफ्ना समर्थकको गुन रविले कसरी तिर्लान् ?

रविना पौडेल, चितवन : पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणले चितवनको माहोल केहि दिन निकै तातायो । माउण्टेन टेलिभिजनका पत्रकार पुडासैनी साउन २० गते चितवनको पोखरा बसपार्कको होटल कंगारुमा झुण्डिएको अवस्थामा फेला परे । आत्महत्या भएपछिको केहि दिन शान्त रहेपनि चितवन एकाएक जुर्मुर्यायो । कारण घटना भएको केहि दिन पश्चात ‘नेपाल आज’ नामक युटुव च्यानल बाट आत्महत्या अघि तिनै पुडासैनीको सुसाइड भिडियो सार्वजनिक । भिडियोमा पुडासैनीले आफ्नै पुर्व सहकर्मी एवं न्युज २४ बाट प्रसारित हुने कार्यक्रम ‘सिधा कुरा जनतासंग’का प्रस्तोता रवि लामिछाने लगाएतले आफुलाई आत्महत्या गर्न विवस बनाएको संदेश छाडेर गएका थिए ।

भिडियो सामाजिक संजाल युटुव र फेसवुकमा भाइरल भैसकेको थियो । भिडियो भाइरल भएपछी प्रहरीले त्यहि भिडियोलाई माध्यम बनाएर संचारकर्मी रबि लामिछाने, युवराज कंडेल र अस्मिता कार्कीलाई काठमान्डौबाट पक्राउ गर्यो । रविलाई न्युज २४ को कार्यालयबाट नै प्रहरीले नियन्त्रणमा लिइयो । भिडियो सार्वजनिक भए लगत्तै रविले अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्दता सहित फेसबुक लाइभ गरे । जब रवि पक्राउ परे तर जनताले विश्वास गर्न सकेनन यद्दपि सत्य सत्य नै थियो, उनि पक्राउ परेका थिए । उनि पक्राउ परे लगत्तै चितवनको माहोल निकै नै तातियो। सामाजिक संजालका भित्ताहरु यसै प्रकरणले रंगिन थाले । रविको समर्थन चिताएको भन्दा धेरै थियो ।

उनलाई फेसबुकबाट निर्दोष साबित गर्ने जमात निकै ठुलो थियो । यसै प्रकरणलाई युटुवर्सले निकै फलो गरे । बिगत १०/१२ दिन यता युटुवको ट्रेण्डिङ्गमा रवि लामिछाने नै छन् । युटुवर्सले रविलाई निर्दोष भनिरहे र फरक फरक एङ्गलबाट भिडियो बनाइरहे । उनीहरुले युटुवका केहि ‘भाइरल म्यान’ र माताहरुको मनगडन्ते भविष्यवाणी प्रवाह गरिरहे । रवि पक्राउ परे लगत्तै चितवनमा उनको रिहाइको माग गर्दै ठुला प्रदर्शन भए । प्रदर्शनमा लौरीको साहारामा वृद्दबृद्दा आए । रविलाई साथ दिए । वयस्क , युवा युवती, सामाजिक अभियन्ता , महिला लगाएत समाजका हरेक बर्गको सहभागिता पनि रह्यो । सुरुमा शान्तिपूर्ण भनिएका प्रदर्शन केहि भड्किए पनि । त्यसै क्रममा सुरक्षा कर्मीले अश्रुग्यास र लाठि चार्ज समेत गरे । सडक अस्तव्यस्त बन्यो । मुख्यतः अस्पताल रोडमा अस्पतालको प्रवाह नगरी प्रदर्शनकारी र प्रशासनको जुहारी चल्यो । प्रदर्शनमा केहि घाइते भए । प्रदर्शनको एउटै उद्देश्य थियो “निर्दोष नफसुन, दोषी नउम्किउन” ।

“भिडले जनता राजनीति संग कति आक्रोश रहेछन भन्ने पनि देखायो । सायद राजनीतिक दल र तिनका नेताको यो भिडबाट “घैटोमा घाम” लागेको हुनुपर्छ ।”

रविको सपोर्टमा चितवनमा धेरै नारा जुलुस भयो भने कयौंले अश्रुग्यास र लाठीचार्ज समेत खानु पर्यो । प्रदर्शन सहभागी रविका समर्थकहरुले रविले सिधाकुरा जनता संग कार्यक्रम मार्फत आफ्नो मन जितेको र रवि देश र जनताको लागि केहि गर्छन कि भन्ने आश लिएर रविको रिहाइको मागको लागि प्रदर्शनमा उत्रिएको बताए । अब रविको लागि भने यो सबै चुनौतिको विषय बनेको छ । आज बाट रवि ५ लाख धरौटीमा रिहा त भएका छन् तर अबको दिनमा रविले जनताको यो सद्भाव र मायाको गुन कसरी तिर्छन त जनताले घाम, पानि,भोक, प्यास संगै भोग्नु परेको अश्रुज्ञास प्रहार र लाठीचार्ज को मूल्य अब कसरी तिर्लान त भन्ने आम चासो बनेको छ । उनका लागि अव शसक्त बनेर आफुलाई प्रस्तुत गर्ने अवसर मात्र छैन आफ्नो सान जोगाइराख्ने चुनौती पनि छ । प्रतिक्षा गरौ उनका समर्थकले अपेक्षा गरे अनुरुप उनले आफुलाई प्रस्तुत गर्नेछन् ।

merokhabarsathi

Read Previous

संचारकर्मी रवि लामिछानेले यस बिषय बारे कार्यक्रम चलाउन नपाउने

Read Next

रवि लामिछानेले आज चितवनमा धन्यबाद सभा गर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *