Breaking News :

रविका समर्थकले निषेधाज्ञा तोड्न खोज्दा झडप, ट्रक समेत तोडफोड

जिल्ला प्रशासन कार्यालयले जिल्ला अदालत र प्रहरी कार्यालय वरपरका क्षेत्रमा निषेधाज्ञा जारी गरे पनि रवि लामिछानेका समर्थकहरुले प्रदर्शनलाई आज पनि जारी राखेका छन् । निषेधाज्ञा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरी बिच झडप भएको छ।  झडपमा प्रहरीले एक दर्जन अश्रु ग्यास प्रहार गरेको छ ।

प्रदर्शनकारीले  हाकिमचोकमा १ वटा ट्रक समेत तोडफोड गरेका छन्। भने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, अदालत, चौविसकोठी क्षेत्रमा सोमबार दिनभरीलाई निषेधित घोषणा गरेको छ ।

पत्रकार सालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अनुसन्धानको लागि रवि लामिछाने सहित ३ जनालाई पक्राउ गरेपछि चितवनमा दिनदिनै रवि लामिछाने समर्थकहरुले रिहाईको माग गर्दै प्रदर्शन गरिरहेका छन्।

merokhabarsathi

Read Previous

पत्रकार पुडासैनी मृत्यु प्रकरण:-रवि सहित तिनै जनाको बयान सकियो

Read Next

चितवनमा बम विस्फोट, १ जना घाइते

Leave a Reply

Your email address will not be published. Required fields are marked *