अस्ताए वामपन्थी नेता काजीबा, प्रचण्ड द्वारा श्रद्धाञ्जली व्यक्त
पत्रकार शालिकराम पुडासैनीलाइ आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका संचारकर्मी रवि लामिछाने सहित तिनै जनाको बयान सकिएको छ ।
पक्राउ परेका तीन जना मध्य अस्मिता भनिने रुकु कार्कीको बयान हिजो (आइतबार) नै सकिएको थियो भने रवि र युवराज कंडेलको बयान भर्खरै सकिएको जिल्ला अदालत चितवनका श्रेष्तेदार रुद्रमणि गिरीले जानकारी दिएका छन्।
तिनै जनाको बयान सकिएकोले अब थुनछेक बहस सुरु हुने उनले बताए ।मुलुकी अपराध संहिता २०७४ को दफा १७७ र दफा १८५ को १ र २ को कसुरमा तीनै जना प्रतिवादीलाई दफा १८५ को २ अनुसार सजाय माग गरिएको छ । सो दफामा पाँच वर्षसम्म कैद र रु ५० हजारसम्म जरिवाना वा दुबै हुन सक्ने व्यवस्था रहेको छ ।