Breaking News :

भरतपुरमा सुरक्षा व्यवस्था कडा, माइकिङ गर्दै प्रहरी

file photo

अनुसन्धानका लागि हिरासतमा रहेका रवि लामिछानेको समर्थनमा दिनहु प्रदर्शन हुन थालेपछि भरतपुर आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेको स्थानीय प्रशासनले सुरक्षा तैनाथी बढाएको छ ।

भरतपुरसहित आसपासका क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार बिहान ६ बजेदेखि नै लागू हुने गरी भरतपुर महानगरपालिकाका विभिन्न स्थानमा प्रदर्शन गर्न निषेध गरेको छ। निषेधाज्ञाबारे प्रहरीले बजार क्षेत्रमा माइकिङ गरिरहेको छ ।

आइतबार मात्रै भरतपुरमा भएको झडपमा चार प्रहरी र केही प्रदर्शनकारी घाइते भएका छन् । सो क्रममा प्रहरीले १० जनालाई पक्राउ गरेको छ भने दर्जन बढि अश्रुग्याँस प्रहार गरेको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनको अभियोगमा लामिछानेसँगै युवराज कँडेल र अस्मिता कार्की बिरुद्ध आइतबार चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहन मुद्दा दायर भएको थियो । एक नम्बर इजलाशमा अस्मिता कार्कीको बयान सकिएको छ ।

यस्तै रवि र युवराज कँडेलको आज बयान हुँदैछ । दुई जनाको बयान सकिएपछि मात्रै थुनछेक बहस सुरु हुने जिल्ला अदालत चितवनका श्रेष्तेदार रुद्रमणि गिरीले जानकारी दिनुभयो । उनीहरू तीनै जना साउन ३० गते पक्राउ परेका हुन् । रविका समर्थकले भने निर्दोष रहेको दाबीसहित निरन्तर आन्दोलन गर्दै आएका छन् ।

merokhabarsathi

Read Previous

कालिका नगरपालिकाको वडा कार्यालयमा आगजनी

Read Next

पत्रकार पुडासैनी मृत्यु प्रकरण:-रवि सहित तिनै जनाको बयान सकियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *