Breaking News :

रविविरुद्ध के भेटियो अनुसन्धानमा ?

यतिबेला सबैको ध्यान चितवन तर्फ केन्द्रित भएको छ। भने सबैलाई रविविरुद्ध के भेटियो अनुसन्धानमा ? भन्ने जिज्ञासा रहेको छ।

शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा टेलिभजन प्रस्तोता रवि लामिछानेसहित तीन जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को सहयोेगमा १० दिन लामो अनुसन्धानपछि चितवन प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत आइतबार लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्की विरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको हो ।

प्रहरीले रवि लामिछानेसहित तीनजनालाई दुई पटक ५/५ दिन गरि १० दिनको म्याद थप गरेर अनुसन्धान गरेको थियो । यसक्रममा शालिकराम पुडासैनीको मोबाइलमा बरामद भएको भिडियो क्लीपमा ‘छेडछाड’ नभएको प्रहरी प्रयोगशालाले रिपोर्टले देखाएको छ ।

अनुसन्धानलाई सघाउन चितवन पुगेका सीआईबीका प्रहरी उपरीक्षक (एसपी) दीपक रेग्मीका अनुसार ‘बरामद भिडियोमा ट्याम्परिङ (छेडछाड) भएको छ/छैन भनेर परीक्षणका लागि डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाइएको थियो । ल्याबले छैन भन्ने रिपोर्ट दिएको छ ।’

रेग्मीका अनुसार भिडियोबाहेक थप प्रमाण संकलन भएको छ, जसबारे अनुसन्धान रिपोर्टमा उल्लेख गरिएको छ । अनुसन्धानका क्रममा प्रहरीले मृतक पुडासैनी र आत्महत्या दुत्साहनको आरोपमा लागेका ३ जनाको डिजिटल कनेक्सन खोतलेको थियो । लामिछाने, कँडेल र कार्कीको मोबाइलको कल डिटेल रेकर्ड (सीडीआर), लोकेशन लगायतका विषय केलाएको थियो ।

त्यसैगरी पुडासैनीको आत्महत्यालगत्तै लामिछाने र कँडेल कार्यरत संस्था न्यूज २४ टेलिभिजनले पनि अस्मितालाई पटक-पटक सम्पर्क गरेको पनि देखिएको छ ।

merokhabarsathi

Read Previous

अस्मिताको बयान सकियो रवि र युवराजको आज

Read Next

कालिका नगरपालिकाको वडा कार्यालयमा आगजनी

Leave a Reply

Your email address will not be published. Required fields are marked *