Breaking News :

अस्मिताको बयान सकियो रवि र युवराजको आज

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका संचारकर्मी रवि लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्की विरुद्ध जिल्ला अदालत चितवनमा आइतबार मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिल कार्यालय चितवनले उनीहरू विरुद्ध मुद्दा दर्ता गराएको हो ।

जिल्ला अदालत चितवनका श्रेष्तेदार रुद्रमणि गिरीका अनुसार अस्मिता भनिने रुकु कार्कीको बयान सकिएको छ भने बाँकी दुई जनाको बयान आज (सोमबार) बिहान १० बजे पछि शुरु हुनेछ ।

जिल्ला सरकारी वकिलको कार्यालयका सूचना अधिकारी प्रकाश थापाका अनुसार मुलुकी अपराध संहिता २०७४ को दफा १७७ र दफा १८५ को १ र २ को कसुरमा तीनै जना प्रतिवादीलाई दफा १८५ को २ अनुसार सजाय माग गरिएको छ । सो दफामा पाँच वर्षसम्म कैद र रु ५० हजारसम्म जरिवाना वा दुवै गर्न सकिने व्यवस्था रहेको छ ।गत वर्षको भदौमा लागू भएको नयाँ कानुनमा आत्महत्या गर्न बाध्य पार्नेलाई कारवाही हुने व्यवस्था रहेको छ ।  जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा उक्त मुद्दा रहेको छ ।

साउन २० गते राति नारायणगढको एक होटलमा पत्रकार शालिकराम पुडासैनी झुण्डिएको अवस्थामा भेटिएका थिए । सो पश्चात् अनुसन्धानको क्रममा भेटिएको भिडियोमा तीन जनाका कारण आफूले आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेपछि लामिछानेसहित तीन जनालाई साउन ३० गते प्रहरीले पक्राउ गरेको थियो ।

 

merokhabarsathi

Read Previous

भरतपुरमा निषेधाज्ञा, ५ जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने

Read Next

रविविरुद्ध के भेटियो अनुसन्धानमा ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *