Breaking News :

भरतपुरमा निषेधाज्ञा, ५ जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने

रवि लामिछानेको समर्थनमा दिनदिनै जस्तो हुने प्रदर्शन संगै झडप समेत हुदै गएपछि जिल्ला प्रशासन कार्यालय चितवनले आज  सोमबार बिहान ६ बजेदेखि नै लागू हुने गरी भरतपुर महानगरपालिकाका विभिन्न स्थानमा प्रदर्शन गर्न निषेध गरेको छ।

विज्ञप्तिमा भनिएको छ– पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन सम्बन्धी अनुसन्धान अभियोजन र न्यायिक निरुपणका सिलसिलामा न्यायिक हिरासतमा रहेका न्युज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछानेलगायतको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रेका प्रदर्शनकारीहरुबाट भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित मुद्दाको अनुसन्धान अभियोजन र न्यायिक निरुपण गर्ने निकायहरु रहेको क्षेत्रमा हुलदंगा र अशान्ति हुनसक्ने देखिएकाले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ क बमोजिम आज  बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्मका लागि देहायको चार किल्लाभित्र हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा ५ जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी आदेश गरिएको छ।

यस्तो छ बिज्ञप्ति:

Image may contain: text

merokhabarsathi

Read Previous

हस्पिटल लाइनमा दिनहु जसो होहल्ला र अश्रुज्ञास

Read Next

अस्मिताको बयान सकियो रवि र युवराजको आज

Leave a Reply

Your email address will not be published. Required fields are marked *