रविना पौडेल, चितवन।
पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसधानका लागि चर्चित संचारकर्मी रवि लामिछाने सहित ३ जना पक्राउ परेपछी चितवनको माहोल एकदमै तातिरहेको छ। यतिबेला सबैको ध्यान चितवन तर्फ केन्द्रित समेत भएको छ। संगसंगै हस्पिटल लाइनमा समेत अशान्ति भइरहेको छ।
हस्पिटल लाइनमा दिनहु जस्तो आन्दोलन हुनुको साथै अश्रुज्ञास प्रहार र लाठी चार्ज समेत हुने गरेको छ। जसले गर्दा बिरामी भएर आउने बिरामीहरुलाई निकै प्रभाब पार्ने गरेको छ। चर्चित संचारकर्मी लामिछानेको रिहाईको माग गर्दै दिनदिनै जस्तो नाराबाजी सहित बिरोध प्रदर्शन हुने गरेको हो। प्रदर्शन हुने क्षेत्रमा दर्जनौ हस्पिटल रहेको छ। हस्पिटलमा धेरै जना जीवन र मृत्यु संग लडिरहेको देख्न सकिन्छ। आज पनि सोहि क्षेत्रमा रविको रिहाइको माग गर्दै पदर्शन हुनुको साथै दर्जनौ अश्रुज्ञास समेत प्रहार भएको थियो।
यसै सन्दर्भमा भरतपुर हस्पिटलमा रहेका एकजना बिरामी कुरुवा दिनदिनै जस्तो हुनेगरेको होहल्लाले आफु आजित भएको बताउछन।आफ्नो मान्छे अस्पतालमा जीवन र मृत्यु संग लडिरहेका बेला बाहिरको माहोल त्यस्तो देख्दा दिक्क लाग्ने गरेको उनको भनाइ छ। हस्पिटल लाइन त शान्त हुन पर्ने होइन र दिनदिनैको यस्तो आतंक केहो यो? यो कहिले सकिन्छ? भनेर प्रश्न समेत गरेका छन्। भने सम्बन्धित व्यक्तिलाई यसको नियन्त्रण गर्न समेत आग्रह गरेका छन्।