आज पनि छुटेनन रवि, रविका समर्थक र प्रहरीको झडप

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानको लागि पक्राउ परेका संचारकर्मी रवि लामिछाने सहित तीनै जनालाई अदालतबाट जिल्ला प्रहरी कार्यालय ल्याईएको छ ।

आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका तीन जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्धा दर्ता भएपछि आज बयान सुरु भएको थियो । तीन जना मध्य आज अस्मिता कार्कीको मात्र बयान सकिएको छ भने रवि र युवराजको बयान भोली हुने बताएको छ।

रवि लामिछाने सहित तीनै जनालाई अदालतबाट जिल्ला प्रहरी कार्यालय ल्याईए पछी ढुङ्गा प्रहार गर्दै प्रदर्शनकारीहरु निषेधित क्षेत्रमा प्रवेश गर्दा झडप भएको हो । प्रदर्शनकारीहरुलाई तितरबितर गर्न प्रहरीले दर्जनौ अश्रुग्याँस प्रहार गरेको छ। भने १ जना प्रहरी समेत घाइते भएका छन्।

merokhabarsathi

Read Previous

रविका समर्थक र प्रहरी बिच झडप, अश्रुग्याँस र ढुङ्गा प्रहार

Read Next

हस्पिटल लाइनमा दिनहु जसो होहल्ला र अश्रुज्ञास

Leave a Reply

Your email address will not be published. Required fields are marked *