पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानको लागि पक्राउ परेका न्युज २४ को चर्चित कार्यक्रम ‘सिधा कुरा जनता सँग’ का कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थक र प्रहरी बिच झडप भएको छ ।
रवि लामिछाने सहित तीनै जनालाई अदालतबाट जिल्ला प्रहरी कार्यालय ल्याईए पछी ढुङ्गा प्रहार गर्दै प्रदर्शनकारीहरु निषेधित क्षेत्रमा प्रवेश गर्दा झडप भएको हो । प्रदर्शनकारीहरुलाई तितरबितर गर्न प्रहरीले दर्जनौ अश्रुग्याँस प्रहार गरेको छ ।