रवि सहित तीनै जनालाई जिल्ला अदालत चितवन पेस गरिदैं

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अनुसन्धानको लागि पक्राउ परेका संचारकर्मी रवि लामिछानेसहित तीन जनालाई हिरासत मै राखेर अनुसन्धान गर्न पुनः थपिएको पाँच दिनको म्याद सकिएको छ । आज तीनै जनालाई जिल्ला अदालत चितवन पेस गरिदैं छ ।

प्रहरीले जुटाएको प्रमाणको आधारमा सरकारी वकिलको कार्यालयले अदालत समक्ष मिसिल पेस गर्छ । अनुसन्धान नसकिएको भए म्याद थपका लागि र अनुसन्धान सकिएको भए मुद्धा दर्ता भएर कानुनी प्रकृया अघि बढ्ने जिल्ला अदालत चितवनका श्रेष्तेदार रुद्रमणि गिरीले जानकारी दिनुभयो ।

यसअघि जिल्ला अदालत चितवनका न्यान्यायधिस गायत्री प्रसाद रेग्मीको एकल इजालासले लामिछाने सहित तीन जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमती दिएको थियो । लामिछानेसहित पत्रकार युवराज कँडेल र रुकु कार्की (अस्मिता) विरुद्ध शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहान मुद्दामा अनुसन्धान भइरहेको छ ।

लामिछानेको रिहाइको माग गर्दै समर्थकले चितवनमा लगातार प्रदर्शन गरिरहेका छन् ।

merokhabarsathi

Read Previous

पत्रकार पुडासैनीले गर्लफ्रेन्डसँग भेट्न छुट्टै कोठा लिएको नयाँ तथ्य फेला

Read Next

रविका समर्थक र प्रहरी बिच झडप, अश्रुग्याँस र ढुङ्गा प्रहार

Leave a Reply

Your email address will not be published. Required fields are marked *