Breaking News :

‘रबिको सुरक्षा राज्यको दायित्व’ः नेता दिनेश कोइराला

चितवन ः सालिकराम पुडासैनी आत्महत्या प्रकरणमा नाम मुछिएका प्रत्रकार रबि लामिछानेले प्रहरी हिरासत भित्रै असुरक्षित महसुस गर्नु दुखद् रहेको नेपाली कांग्रेसका युवा नेता दिनेश कोइरालाले बताएका छन् । हिरासत भित्र रहेका रबिले यसरी गरेको असुरक्षित महसुस प्रति सरकार गम्भिर हुनुपर्ने कोइरालाको भनाई छ । हामी सगं कुरा गदै नेता कोइरालाले यदि रबि लामिछानेलाई उनले भने जस्तै हिरासत भित्रै असुरक्षित भए देश गम्भिर दुर्घटनामा फस्ने चेतावनी दिए ।
बिगतमा चितवनमा नै राज्यको नियन्त्रणमा रहेका तरुण दल चितवनका तत्कालिन अध्यक्ष शिव पौडेल हत्या प्रकरणले जनतामा रबि प्रति सरकारको भुमिकामा आशंका पैदा हुन बल पुगेको उनको तर्क छ । त्यसैले रबिको सुरक्षामा सरकार प्रतिबद्ध हुनुपर्ने उनको भनाई छ । ‘जनतामा बर्तमान सरकार र राजनैतिक दलका नेता प्रति भरोसा टुट्दै गएको छ । पछिल्ला बिकसीत घटनाक्रम यसैको उपज हो ।’ उनले भने, ‘रबि प्रतिको भरोसा र बिस्वास जनतामा धेरै रहेको पुष्टी सडकमा देखिएको समर्थनले गर्दछ । सडकको जनसमर्थनले न्याय चाहन्छ, सडकको जनसहभागीताको उद्धेश्य ‘निर्दोष नफसोस्, दोषि नउम्कियोस’ हो ।’
त्यस्तै सडकको जनसहभागीता निस्वार्थ, न्यायको खोजी र सरकारी निकायका गल्तिको खवरदारी रहेको उनको बुझाई छ । मुलुकमा बिगतमा पिडित लाई न्याय दिनबाट थुप्रै पटक सरकार चुकेको उदाहरण प्रसस्तै छन् ।
‘दल र दलका नेतासगं जनताको आशा, भरोसामा ह्रास आएको कारणले जनतामा आक्रोश पैदा भएको हो , नेताहरुले आफ्नो व्यक्तिगत स्वार्थ पुर्तीका लागी नियम,कानुन, बिधि र बिधान मिचेका थुप्रै उदाहरण छन् ।’, उनि भन्छन्, ‘जनतामा यस किसिमको नैरास्यतापन स्वभाविक हो ।’
सडकमा उर्लिएका जनतालाई सरकारले डण्डा र दण्डले स्वागत गर्नु अस्वभनिय रहेको उनको तर्क छ । कानुनी राज्यको पालना र दण्डहिनताको अपेक्षा गरिरहेका जनतालाई सरकारले आफ्ना आचरण, शैली र प्रवृतिमा परिमार्जन गरेर जनताको मन जित्न प्रयास गर्नुपर्ने उनले बताए । दल र सरकारले गरेका गल्ति र कमजोरीलाई लिएर यदि कसैले व्यबस्था र लोकतान्त्रिक पद्धती लाई नै बदनाम गराउन खाजे त्यो नेपाली जनतालाई सह्य नहुने उनको धारणा छ ।
त्यस्तै उनले सालिकराम पुडासैनी आत्महत्या प्रकरणको गहिरो अनुसन्धान गर्न आग्रह गरे । रबि लामिछानेले अनसन्धानमा पुर्ण सहयोग गर्ने प्रतिवद्धता जनाइसकेकाले उनलाई हिरासतमा राखिरहनु न्यायोचित नहुने उनको भनाई छ । रबि भोलि छुट्न सक्ने उनको दाबि छ ।

merokhabarsathi

Read Previous

रविको अन्तर्वार्ता सार्वजनिक गर्नेलाई कार्वाही गर्ने चेतावनी

Read Next

पत्रकार महासंघका केन्द्रीय टोलीले रवि र कँडेललाई भेटे

Leave a Reply

Your email address will not be published. Required fields are marked *