पत्रकार सालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानको लागि प्रहरी हिरासतमा रहेका संचारकर्मी रवि लामिछाने को अन्तरवार्ता सार्वजनिक भएको छ। रविले आफूलाई प्रहरीबाटै असुरक्षा रहेको आरोप लगाइरहेकै बेला हिरासतमा लिइएको अडियो अन्तरवार्ता सार्वजनिक भएको हो।
चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले हिरासतमा अन्तरवार्ता लिएर सार्वजनिक गर्नेलाई कार्वाही गर्ने चेतावनी दिएका छन्। उनले अनुसन्धानको घेरामा रहेका व्यक्तिको अडियो, भिडियो अन्तरवार्ता सार्वजनिक गर्न नपाइने भन्दै कार्वाही गर्ने बताएका हुन्। हिरासतमा रहेको व्यक्तिको धारणा अनाधिकृत रूपमा बाहिर लैजाँदा अनुसन्धानलाई प्रभाव पार्न सक्ने भन्दै अनरवार्ता लिने व्यक्तिमाथि कानुनी कार्वाही गर्ने बताए।
अन्तर्वार्ता कसले कसरि सार्वजनिक गर्यो भन्नेबारे अनुसन्धान गरी कार्वाही गर्ने एसपी मल्लको भनाइ छ।