Breaking News :

नेतृत्व विकास तथा क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम

नेपाल शिक्षक संघको आयोजनामा महिला नेतृत्व विकास तथा क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम भरतपुरमा आज सम्पन्न भएको छ ।महिलाहरुको नेतृत्व विकास गर्न र समाजमा आफ्ना समस्या राख्न सहयोग पुग्ने उद्धेश्यले यो कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कांँग्रेसका केन्द्रीय सदस्य डिला संग्रौलाले महिलाहरु घरको चुलो चौकामा मात्र सिमीत नरही बाहिर निस्कनु पर्ने बेला आएको बताउनु भयो । वर्तमान सरकारले महिलाहरुको आवाज बन्द गराउने प्रयास गरेको भन्दै थप शशक्त भएर यसको विरोधमा आवाज उठाउनु पर्ने उहांँको भनाई थियो ।

नेपाली कांँग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठ यस्ता कार्यक्रमले महिलालाई थप जागरुक र सचेतना पार्न मदत पुग्ने भन्दै महिलाहरु नेतृत्व पक्तिमा पुग्नुपर्ने बताउनु भयो । वर्तमान सरकारले गरेको ज्यादति विरुद्ध महिलाहरु एक भएर प्रतिकार गर्नुपर्ने उहांँको भनाई थियो । कार्यक्रममा कांँग्रेसका जिल्ला सचिव उक्तम जोशीले समाज रुपान्तरणमा महिलाको भूमिका महत्वपुर्ण हुने भन्दै आफ्ना आवाजलाई बुलन्द पार्नुपर्ने बताउनु भयो । महिलाहरु पछिल्लो समय झनै प्रताडित हुने परेको बताउंँदै आफ्ना अधिकारका लागि लड्न आग्रह गर्नुभयो ।

कार्यक्रममा संघका केन्द्रीय महासचिव सोमनाथ गिरी , संघका केन्द्रीय सदस्य प्रेम प्रसाद पौडेल सल्लहाकार शारदा खनाल लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम संघका चितवन अध्यक्ष डाक्टर हरिप्रसाद कंडेलको सभापतित्व तथा नेपाल शिक्षक संघ, महिला विभागको समन्वयमा सम्पन्न भएको हो ।

merokhabarsathi

Read Previous

गाएक प्रमोद खरेलले भेटे रविलाई, रवि भन्छन् देशमा न्याय मरेको छैन भन्ने विश्वास छ

Read Next

रवि लामिछानेको रिहाईको माग गर्दै कलाकारहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *