Breaking News :

खतरा महसुस गरेका रविलाई भेटे आइजीपी सर्वेन्द्रले

जिल्ला प्रहरी कार्यालयहरुको अवलोकन गर्ने क्रममा चितवन आइपुगेका  नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेललाई भेट गर्नु भएको छ ।

प्रहरी महानिरीक्षक खनालले चितवन प्रहरी नियन्त्रणमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र युवराज कँडेललाई भेट गरेका छन्। जिल्ला प्रहरी कार्यालय, चितवनको निरीक्षण भ्रमणको क्रममा उनले लामिछाने र कँडेललाई भेट गरी कानुनी प्रक्रियामा सहयोग गर्न आग्रह गरे।

भेटका क्रममा खनालले रविलाई असुरक्षित भएको महशुस नगर्न समेत आग्रह गरेका थिए। साथै खनालले असुरक्षित भएको महशुस भएमा आफूलाई खबर गर्न लामिछानेलाई आग्रह गरेका नेपाल प्रहरीका केन्द्रीय सह–प्रवक्ता उत्तमराज जोशीले जानकारी दिए।

 

merokhabarsathi

Read Previous

विप्लवले गर्यो चितवन बन्दको आह्वान (विज्ञप्ति सहित)

Read Next

अस्मिता र शालिकरामबीचको सम्बन्धका नयाँ तथ्य फेला

Leave a Reply

Your email address will not be published. Required fields are marked *