Breaking News :

विप्लवले गर्यो चितवन बन्दको आह्वान (विज्ञप्ति सहित)

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भाद्र ९ गते सोमबार चितवन बन्दको आह्वान गरेको छ । राज्यले ज्यादाती, दमन र अत्याचार गरेको भन्दै विप्लवले सोमबार चितवन बन्दको आह्वान गरेको हो ।

विज्ञप्तीमा आन्दोलनमा सहयोग र समर्थन गर्न आग्रह गरिएको छ । राप्ती नगरपालिकाको ओहोलेवाङ्गमा जनताको प्रत्यक्ष सहभागीतामा निर्माण भईरहेको सहिद स्‍मृति प्रतिक्षालय भत्काएर भ्रष्ट जनप्रतिनिधीले जनतामा त्रास फैलाउने काम गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

उसले भाद्र ६ र ७ गते प्रचार प्रसार, ८ गते मसाल जुलुस घोषणा गरेको छ भने ९ गते चितवन बन्दको घोषणा गरेको छ ।

merokhabarsathi

Read Previous

भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै मौरीपालन,पर्यटकलाई मौरी देखाउनुको साथै मह चखाइने

Read Next

खतरा महसुस गरेका रविलाई भेटे आइजीपी सर्वेन्द्रले

Leave a Reply

Your email address will not be published. Required fields are marked *