Breaking News :

आराधना गरेर राजतन्त्र फर्कदैन:-सञ्चारमन्त्री बाँस्कोटा

बिहीबार मन्त्रीपरिषदले गरेका निर्णय सार्वजनिक गर्न भएको पत्रकार सम्मेलनमा सञ्चारकर्मीले राजतन्त्र फर्कने हल्लाका सन्दर्भमा सोधेको जिज्ञासामा सञ्चारमन्त्री बाँंस्कोटाले राजतन्त्र मुलुकबाट सदाका लागि अन्त्य भएको र इतिहासमा सावित भइसकेको राजतन्त्रको सपना नदेख्न आग्रह गर्नुभएको छ।

उहाँले अब, राजतन्त्रबारे भावी पुस्ताले नेपालको राजनीतिक विकासको प्रक्रियाको अध्ययन गर्दा राजतन्त्रको विषयमा अध्ययन हुनेछ भन्नुभयो। ‘मरेको राजतन्त्रले फडा उठाउन सक्दैन, म दोहोर्याएर भन्छु, ‘राजाका नाममा राजनीति गर्नेहरू डाइनोसर हुनेछन्”, अरु विकल्प छैन । चिहानमा आराधना गरेर राजतन्त्र फर्कनेवाला छैन, कोरा कल्पनामा नरुमलिऊ लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै एकजुट भएर लागौँ’ सञ्चारमन्त्री बाँस्कोटाले भन्नुभयो ।

merokhabarsathi

Read Previous

युट्यूबलाई व्यवस्थित गर्नुपर्ने बेला आएको छ:-सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटा

Read Next

भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै मौरीपालन,पर्यटकलाई मौरी देखाउनुको साथै मह चखाइने

Leave a Reply

Your email address will not be published. Required fields are marked *