Breaking News :

सामाजिक विषयमा बनेको चलचित्र मारुनी

भाद्र १३ गते बाट देशै भर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र मारुनीको प्रचारप्रसारको लागी मारुनी युनिट चितवनमा आएको छ ।चलचित्र मारुनी नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर प्रदर्शनमा आउन लागेको हो।

चलचित्र मारुनीमा सामाजमा भइरहेका महिला हिंसा, महिला अधिकार जस्ता सामाजिक विषय वस्तुलाई समेटिएको निर्देशक नवल नेपालले बताउनु भयो ।  चितवनकी चेली निर्मात्री पूनम गौतमले प्रदर्शनमा आएका अन्य नेपाली चलचित्र भन्दा फरक धारमा चलचित्र मारुनी निर्माण भएको बताउनुभएको छ।

मारुनीका प्रमुख पात्र साम्राज्ञी राज्य लक्ष्मि शाह र पुष्पल खड्काले चलचित्रमा आफुले सय प्रतिशत दिएको भन्दै सम्पूर्ण दर्शकले आफ्नो चलचित्र हेरेर प्रतिक्रिया व्यक्त गर्न अनुरोध गरेका छन्।

चलचित्रमा नायिक साम्राज्ञी राज्य लक्ष्मि शाह, नायक पुष्पल खड्का, अभिनेत्री रेविका गुरुङलयायतको अभिनय रहेको छ । नवल खड्काले निर्देशन गरेको चलचित्रका अर्जुन पोखरेल, दिपक बज्राचार्य र कृष्ण काफ्लेको संगीत रहेको छ ।

merokhabarsathi

Read Previous

वे ग्रुपले हरितालिका तीज विशेष कार्यक्रम गर्ने

Read Next

आज श्रीकृष्ण जन्माष्टमी, यस्तो छ कृष्ण लिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *