Breaking News :

वे ग्रुपले हरितालिका तीज विशेष कार्यक्रम गर्ने

रबिना पौडेल, चितवन।

चितवनमा सक्रिय सामाजिक संस्था वे ग्रुपले नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज विशेष कार्यक्रम गर्ने भएको छ ।

नजिकिँदै गरेको तीजको अवसर पारी यही शनिबार “वातावरण सरसफाइ र स्वास्थ्य” बिषयक तीज गीत प्रतियोगिता आयोजना गर्न लागेको कार्यक्रम संयोजक दीपक गौतमले जानकारी दिए। मौलिक संस्कृति जगेर्ना गर्नुका साथै वातावरण संरक्षणको लागि प्रतियोगिता आयोजना गर्न लागेको गौतमले बताए। कार्यक्रममा सहभागी हुनको लागि स्वास्थ्य, वातावरण र सरसफाइसम्बन्धी विषयवस्तु झल्किने गीत हुनुपर्नेछ ।

प्रतियोगितामा सहभागी हुन ४३ वटा समूहले दर्ता गरेकामा २३ वटा समूह छनौटमा परेको वेग्रुप नेपालका अध्यक्ष भोजनारायण कँडेलले जानकारी दिए । भरतपुर महानगरपालिकाको वडा नं. ४ को कार्यालय संगै रहेको छहारी बसपार्कमा हुने कार्यक्रममा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान हासिल गर्ने समूहले क्रमशः २० हजार, १५ हजार, १० हजार र पाँच हजार रूपैयाँका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।भरतपुरमहानगरपालिका को मेयर रेणु दाहालको प्रमुख आतिथ्यतामा हुने सो  कार्यक्रमको प्रायोजन जय श्री कृष्ण सुनचादी पसल शहिदचोक र सह प्रायोजक लायन्स क्लब अफ चितवन लंकुले गर्नुको साथै अन्य थुप्रै सहयोगी हातहरु रहेको कंडेलले जानकारी दिनुभयो।

merokhabarsathi

Read Previous

पत्रकार पुडासैनी मृत्‍यु प्रकरण:निष्पक्ष छानबिन गर्न भरतपुर महानगरपालिकाको आग्रह

Read Next

सामाजिक विषयमा बनेको चलचित्र मारुनी

Leave a Reply

Your email address will not be published. Required fields are marked *