Breaking News :

पत्रकार पुडासैनी मृत्‍यु प्रकरण:निष्पक्ष छानबिन गर्न भरतपुर महानगरपालिकाको आग्रह

पत्रकार सालीकराम पुडासैनी मृत्‍यु प्रकरणको निष्पक्ष छानबिन को माग गर्दै भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले प्रेस वक्तव्य जारि गर्नुभएको छ ।

मेयर दाहालले  निष्पक्ष, सत्यतथ्य छानविन गरी दोषी नछुटुन र निर्दोष नपरुन भन्ने मान्यताका आधारमा शिघ्र न्याय निरुपणका लागि सम्बन्धित पक्ष संग आग्रह गर्नुभएको छ। यसै सन्दर्भमा उक्त घटनाको अनुसन्धानको क्रममा रहेका व्यक्तिहरुको विषयलाई लिएर सामाजिक सन्जालको दुरुपयोग नगर्न  आग्रह गर्नुभएको छ ।

No photo description available.

गत साउन २० गते नारायणगढमा रहेको एक होटलमा पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । पत्रकार पुुडासैनीले मर्नुअघि रेकर्ड गरेको सुसाइट भिडियोमा संञ्चारकर्मी रवि लामिछाने सहित युवराज कँडेल र अस्मिता कार्की तीनजनाको नाम लिएका थिए । सोही भिडियोको आधारमा अनुसन्धानको लागि उनिहरुलाई काठमाडौँबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

merokhabarsathi

Read Previous

भ्रष्टाचार आरोपमा भारतका पूर्वअर्थमन्त्री पक्राउ

Read Next

वे ग्रुपले हरितालिका तीज विशेष कार्यक्रम गर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *