अस्ताए वामपन्थी नेता काजीबा, प्रचण्ड द्वारा श्रद्धाञ्जली व्यक्त
प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि आज बिहीबार सिङ्गापुर जाँदै छन् । उनी दिउँसो साढे एक बजे थाइ एयरको विमान मार्फत सिंगापुर प्रस्थान गर्ने भएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको प्रमुख चार राजनीतिक दलको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउँदै आफू स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर जान लागेको बताएका हुन्।
चिकित्सकको सुझावअनुसार स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री सिङ्गापुर जान लागेको जनाइएको छ । यसअघि प्रधानमन्त्री ओली साउन १८ गते सिङ्गापुरस्थित नेशनल युनिर्भसिटी अस्पतालमा स्वास्थ्य परीक्षण गराउन गई साउन २७ गते स्वदेश फर्किएका थिए ।