Breaking News :

पशुपतिको दर्शनपछि राष्ट्रपतिलाई भेट्दै विदेशमन्त्री जयशंकर

विदेशमन्त्री एस. जयशंकरले पशुपतिनाथ मन्दिरमा पूजाआजा गरेपछी राष्ट्रपति विद्यादेवी भण्डारी संग भेटवार्ता हुँदै छ । नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आएका जयशंकरले बिहीबार बिहान १० बजे राष्ट्रपतिलाई भेट्न लागेका हुन् ।

बुधबार काठमाडौं आएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेर उनी नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी भएका थिए । सो बैठक होटल याक एण्ड यतीमा बिहीबार पनि जारी रहन्छ ।

नरेन्द्र मोदीको दोस्रो कार्यकालमा विदेशमन्त्री भएपछि पहिलोपटक नेपाल आएका जयशंकर बिहीबार दिउँसो ३ बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

merokhabarsathi

Read Previous

चितवनका अस्पतालले नै पाल्छन लामखुट्टे, दर्शक बन्दै चितवनको जनस्वास्थ्य

Read Next

प्रधानमन्त्री ओली आज सिङ्गापुर जाँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *