आत्महत्या दुरुत्साहनको अभियोगमा प्रहरी अनुसन्धानमा रहेका संचारकर्मी रवि लामिछानेको श्रीमती निकिता पौडेलको उजुरी प्रहरीले दर्ता गर्न मानेन।
भिडियो किर्ते गरी रविलाई फसाइएको भन्दै बुधबार उजुरी दर्ता गर्न महानगरिय प्रहरी परिसर टेकु पुगेकी उनको भिडियोको विषय आफ्नो कार्यक्षेत्रभित्र नपर्ने भन्दै प्रहरीले उनलाई फिर्ता पठाएको हो। उजुरी आफ्नो कर्यक्षेत्रमा नपर्ने भएकाले सम्बन्धित ठाउँमा गएर उजुरी दिन सुझाव दिएर प्रहरीले फर्काइदिएको बताएको छ।
प्रहरी अनुसन्धानमा रहेको पत्रकार शालिकराम पुडासैनीको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको आरोप निकिताले विभिन्न व्यक्तिलाई आरोप लगाएकी छन्।