Breaking News :

चितवन प्रदर्शनको क्रममा नियन्त्रणमा लिइएको १४ जना विरुद्द मुद्धा दर्ता

चितवनको भरतपुरमा भएको प्रदर्शनका क्रममा नियन्त्रणमा लिएको पक्राउ परेका २३ जना मध्ये १४ जना विरुद्द चितवन प्रहरीले मुद्धा दर्ता गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले प्रदर्शनमा उश्रृङखल गतिविधि गर्ने र भिडलाई उत्तेजित पार्नेलाई नियन्त्रणमा लिएर मुद्धा दर्ता गरेको बताएका छन् ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानका लागि हिरासतमा रहेका रवि लामिछानेको रिहाइको माग गर्दै भएको प्रदर्शनका क्रममा पक्राउ परेका ११ जना पुरुष र १२ जना महिला विरुद्द प्रहरीले मुद्धा दर्ता गरेको हो । प्रहरीले साउन ३२ गते ४ जना, भदौं २ गते १० जना र हिजो मात्रै ९ जनालाई नियन्त्रणमा लिएको थियो।

पहिलो दिन पक्राउ परेका ४ जनाको मुद्धा जिल्ला प्रशासन कार्यालय चितवनमा पेश भएर पाँच÷पाँच सय रुपैंया धरौटीमा छुटेको कोइरालाले बताए । उनले १० जनाको हिजो मुद्धा दर्ता भएको र बाँकी ९ जनाको आज मुद्धा दर्ता हुने जानकारी दिए । कोइरालाले प्रदर्शनका नाममा उश्रृङखल गतिविधि गरे पक्राउ गरी कानुन बमोजिम कारवाही गर्ने चेतावनी दिएकाछन् ।

merokhabarsathi

Read Previous

रवि लामिछानेसहित तीनजनालाई म्याद थपिएकोमा वरिष्ठ अधिवक्ता सुशील पन्तको असन्तुष्टि

Read Next

निकिताको उजुरी प्रहरीले दर्ता गर्न मानेन

Leave a Reply

Your email address will not be published. Required fields are marked *