जिपको ठक्करबाट चितवनमा एक जनाको मृत्यु भएको छ। करिब ३५ वर्षीय पुरुषको मृत्यु भएको जनाइएको छ।
पुरुषको सनाखत हुन भने नसकेकोे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। हेटौडाबाट नारायणगढतर्फ जाँदै गरेको बा १८ च ९८९६ नम्बरको जिपले विपरीत दिशाबाट गइरहेको साइकल यात्रीलाई पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ लक्ष्मीनारारायण चोकमा ठक्कर दिएको थियो।
ठक्करबाट घाइते साइकलयात्रीको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। शव भरतपुर अस्पतालमा राखिएको छ।