पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका रवि लामिछानेलगायत तीन जनालाई हिरासतमा राख्न पुन म्याद थप गरेलगत्तै प्रदर्शनकारीले भरतपुरमा प्रर्दशन गरेका छन् ।
भरतपुरको चौविसकोठीमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरी विच झडप भएको हो। प्रदर्शनकारीले अनियन्त्रित प्रदर्शन गरेपछि प्रहरीले अन्धाधुन्ध लाठी हानेको छ ।
प्रदर्शनकारीले पनि प्रहरीलाई अन्धाधुन्ध ढुंगा हानेका छन् । सो क्रममा प्रहरीले ६ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।
।