पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको विषयमा चितवन जिल्ला अदालतले ५ दिन म्याद थप गरेको छ । घटनाको अनुसन्धानका लागी म्याद थपका लागी भएको बहसमा १० दिनको माग भएपनि ५ दिन थप गरिएको हो ।
पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की रुकुलाई चितवन जिल्ला अदालतमा उपस्थित गराएपछि भएको बहसले ५ दिनको म्याद थपेको छ । लामिछानेको र कंडेलको पक्षबाट वरिष्ठ अधिवक्ता शुसिल पन्त, सुनिल पोखरेल र चुणामणि सापकोटा र कार्कीको तर्फ बाट नारायण गिरिले बहस गरेका हुन्। वादीका तर्फबाट सरकारी वकिल यदु नाथ शर्माले बहस गरेका थिए । कानुनी प्रावधानअनुसार बढीमा २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सकिन्छ । यहाँ भन्दा पहिला ५ दिनको म्यादमा अनुसन्धान गरिएको थियो। अनुसन्धान पुरा नभएको कारण थप ५ दिनको म्याद थपिएको हो।
माउन्टेन टेलिभिजनका पत्रकार पुडासैनीको आत्महत्या गर्न दुरुत्साहन गरिएको अभियोगमा प्रहरीले तीन जनालाई काठमाडौँबाट पक्राउ गरी चितवन अदालतमा हाजिर गराएको थियो । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका वडा नम्बर ३ निवासी पुडासैनीको साउन २० गते राति नारायणगढस्थित पोखरा बसपार्कको होटल कङ्गारूमा झुन्डिएको अवस्थामा शव भेटिएको थियो ।