अस्ताए वामपन्थी नेता काजीबा, प्रचण्ड द्वारा श्रद्धाञ्जली व्यक्त
पत्रकार सालिकराम पुडासौनी मृत्यु प्रकरणमा पक्राउ परेका संञ्चारकर्मी रवि लामिछाने सहित तीन जनाको वयान लिई सकीएको छ । आज विहान ११ वजे सरकारी वकिल कार्यालय भरतपुरमा वयान लिइएको हो ।
वयान सकीए संगैं जिल्ला प्रहरी कार्यालय चितवनले थप अनुसन्धानका लागि समय थप गर्ने तयारी गरेको छ । प्रहरीको स्रोत अनुसार तीन जनालाई १० दिनका लागि समय थप गर्ने तयारी गरिएको बताइएको छ। पत्रकार पुडासौनीको मृत्यु पछि परिवारले आत्महत्या दुरुत्साहन मुद्धामा किटानी जाहेरी दर्ता गराए संगै थप अनुसन्धानका लागि प्रहरीले समय थप गर्न लागेको हो ।
यसै विच लामिछानेका समर्थकहरुले आज पनि भरतपुरको चौविसकोठीमा विरोध प्रदर्शन गरिरहेका छन् । पत्रकार शालिकराम पुडासैनी २०७६ साउन २० गते चितवनको होटल कंगारुको कोठा नम्बर २०२ मा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए।