चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको समर्थनमा नाराबाजी गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
उनीहरुले पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा रवि लामिछाने निर्दोष रहेको र तत्काल छाड्नु पर्ने भन्दै सडकमै नाराबाजी गरेपछि प्रहरीले पक्राउ गरेको हो।
यसअघि बिहान जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शनमा उत्रेका रविका समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको चितवनका प्रहरी प्रमुख दान बहादुर मल्लले जानकारी दिए ।
पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियो सन्देशमा आफ्ना पूर्वसहकर्मी रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीका कारण आफू आत्महत्या गर्न बाध्य भएको बताएका थिए। सोही भिडियोको आधारमा छानबिनका लागि तीनैजना अहिले प्रहरी हिरासतमा छन्।